ad ad

खेल


झापा एफसीविरुद्ध एफसी चितवनको सुरुआती अग्रता

झापा एफसीविरुद्ध एफसी चितवनको सुरुआती अग्रता

नेपालखबर
पुस ६, २०८० शुक्रबार १७:५४, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को शुक्रबारको दोस्रो खेलमा झापा एफसीविरुद्ध एफसी चितवनले सुरुआती अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिला हाफमा चितवनले झापाविरुद्ध १–० को अग्रता बनाएको छ।

खेलको सातौं मिनेटमा चितवनले सुरुआती अग्रता बनायो। चितवनका विमल घर्तिमगरको कर्नरमा युसेफको हेडर पासमा रफिक अमिनुले हेडर गोल गरे।

छैटौँ मिनेटमा चितवनका रफिक अमिनुको प्रहार झापाका सुमित श्रेष्ठले क्लीयर गरे।

१५ औं मिनेटमा विमलको कर्नरमा विक्रम धिमालको प्रहार आकाशिदा अग्रता बनाउने मौका गुमायो।

१८ औं मिनेटमा विमल घर्तिमगरको शसक्त प्रहार झापाका गोलरक्षक स्टेफन कुपिकले उत्कृष्ट बचाउ गरे।

प्लेअफबाट बाहिरिसकेको चितवन आजको खेलमा जित निकाल्दै एनएसएलको सुखद अन्त्य गर्न चाहान्छ। यता झापा भने चितवनलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहान्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .