ad ad

खेल


एनएसएल : एफसी चितवनको सुखद अन्त्य

एनएसएल : एफसी चितवनको सुखद अन्त्य

नेपालखबर
पुस ६, २०८० शुक्रबार १९:७, काठमाडौँ

रफिक अमिनुको दुई गोलमा झापा एफसीलाई हराउँदै एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को सुखद अन्त्य गरेको छ।

प्लेअफ चरणबाट यसअघि नै बाहिरिसकेको चितवनले अन्तिम खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्दै झापालाई हराएको हो। जितसँगै चितवन ९ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ।

लिगका ८ खेलमा चितवनले २ खेलमा जित, समान ३ खेलमा बराबरी र हारको नतिजा निकालेको छ।

चितवनसँगको हारले झापाले भने प्लेअफमा स्थान बनाउन अन्य खेलको नतिजामा भर पर्नुपर्ने भएको छ। झापाको भने ८ खेल मध्य दुईमा जित, चार खेलमा बराबरी र २ खेलमा हार भोग्दै चौथो स्थानमा यथावत छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको दोस्रो खेलमा चितवनले झापालाई २–० गोल अन्तरले  पराजित गर्यो।

चितवनका लागि दुवै गोल रफिक अमिनुले गरे। खेलको पहिलो हाफमा १ गोल गरेका रफिकले दोस्रो हाफमा व्यक्तीगत दोस्रो गोल गरे।

खेलको ८२ औं मिनेटमा अन्जन विष्ट पेनाल्टीमा चुक्दा खेलमा झापाले फर्कने सुन्दर मौका गुमायो। चितवनका छिरिङ गुरुङले अन्जन विष्टलाई खराब ट्याकल गरेपछि रेफ्रिले झापालाई पेनाल्टी अवसर दिएका थिए। अन्जन विष्टको पेनाल्टी प्रहार चितवनका गोलरक्षक विशालले उत्कृष्ट बचाउ गरे। त्यसकै रिबाउण्डमा अन्जनको दोस्रो प्रयास आकाशियो।

७७ औं मिनेटमा रफिक अमिनुको गोलमा चितवनले अग्रता दोब्बर पार्यो। झापाका गोलरक्षक स्टेफन कुपिक अघि बढेको मौकामा रफिकले डिबक्स भित्रबाट खाली पोष्टमा सुन्दर गोल गरे।

७२ औं मिनेटमा हरि कार्कीको शसक्त प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे।

६३ औं मिनेटमा झापाका अन्जन विष्टको फ्रिकीक समन्दर ओचिलिभको प्रहार क्रसबारमा लाग्दै फर्कियो। त्यसकै रिबाउण्डमा विशाल बस्नेतको प्रहारले पोष्टको जाली चुमेपनि रेफ्रि उमेश विडारीले त्यसअघि नै फाउल दिइसकेका थिए।

६० औं मिनेटमा झापाका लक्ष्मण रुचालको कर्नर डिफेन्डरले क्लीयर गरेको बललाई सुमित श्रेष्ठको प्रहार पोष्टको नजिकबाट बाहिरियो। ५९ औं मिनेटमा डिबक्स नजिकबाट झापाका अन्जन विष्टको प्रहार क्रसबारको माथिबाट बाहिरियो।

त्यसअघि पहिलो हाफको सातौं मिनेटमा चितवनले सुरुआती अग्रता बनायो। चितवनका फरवार्ड विमल घर्तिमगरको कर्नरमा युसेफको हेडर पासमा रफिक अमिनुले हेडर गोल गरे। छैटौँ मिनेटमा चितवनका रफिक अमिनुको प्रहार झापाका सुमित श्रेष्ठले क्लीयर गरे।

१५ औं मिनेटमा विमलको कर्नरमा विक्रम धिमालको प्रहार आकाशिँदा अग्रता बनाउने मौका गुमायो।

१८ औं मिनेटमा विमल घर्तिमगरको शसक्त प्रहार झापाका गोलरक्षक स्टेफन कुपिकले उत्कृष्ट बचाउ गरे।

लिग चरणको अन्तिम दिन शनिबार दुई खेल हुनेछन्।

शनिबारको पहिलो खेलमा एफसी बुटवल लुम्बिनी र विरगन्ज युनाइटेड भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। लिग चरणको अन्तिम खेलले एनएसएलको प्ले अफ समीकरण पूरा हुनेछ।

आजै भएको पहिलो खेलमा एफसी धनगढीसँग अंक बाँडेको पोखरा थन्डर्सले शीर्ष स्थानमा रहँदै क्वालिफायरका लागि स्थान पक्का गरिसकेको छ। धनगढी दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .