इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड बराबरी भएका छन्।
आज बिहान भएको प्रतिस्पर्धामा दुवै टोलीले १–१ गोल गरेका हुन्।
भिल्लाका लागि निकोलो जनिओलो र शेफिल्डका लागि क्यामेरोन आर्चरले १/१ गोल गरेका हुन्।
खेलको ८७औँ मिनेटमा शेफिल्डका आर्चरले टोलीलाई अग्रता दिएका थिए। तर भिल्लाका निकोलोले इन्जुरी समयको सातौँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए।
बराबरी भएसँगै भिल्ला १८ खेलबाट ३९ अंकका साथ दोस्रो स्थानमा छ भने १९ खेलबाट ९ अंक जोडेको शेफिल्ड अन्तिमबाट दोस्रोमा छ।
आजको खेल जितेको भए भिल्ला शीर्षस्थानमा पुग्ने थियो।
एक खेल कम खेलेको आर्सनल ३९ अंककै साथ पहिलो स्थानमा छ।
27
Shares
प्रतिक्रिया