ad ad

खेल


कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

नेपालखबर
पुस १५, २०८० आइतबार १४:४६, काठमाडौँ

कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुग्ने पहिलो टोली हो।

कोशीले अब फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ। कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

एलिमिनेटर खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।

एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।

कोशीका लागि अप्सरी वेगमले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। अप्सरीले ४८ बलमा २ चौका र १ छक्का हानिन्। ओपनर तथा कप्तान रुविना क्षत्रीले २२ रन बनाईन्। लकिता राजवंशीले १४ रन थपिन्।

विमला मलहाले ६ र काजल श्रेष्ठले ४ रन थपिन्।

एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सिता रानामगरले समान एक विकेट लिए।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।

इन्दु बर्माले ५० बलमा ३ चौका र १ छक्का मद्धतमा ५६ रनामा नटआउट रहिन्। रोमा थापा १८ रन बनाए।  

ओपनर ज्योति पाण्डे १२ रनमा बोल्ड आउट भईन्। कप्तान सिता राना मगर ४५ रन बनाउँदा रन आउट भईन्। ३७ बलको सामना गरेकी सिताले ३ चौका र २ छक्का हानिन्।
कोशीका लागि कप्तान रुविना क्षत्रीले एक विकेट लिईन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .