भारतस्थित मध्य प्रदेशको खरगोन जिल्लामा क्रिकेट खेल्ने क्रममा एक युवकको हृदयाघातका कारण मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले क्रिकेट खेल्ने क्रममा हृदयाघात भएर २२ वर्षीय इन्दल सिंह जाधवको मृत्यु भएको जानकारी दिएका हुन्।
जाधवले खेलमा बलिङ गर्दा कठिनाइ महसुस गरेका थिए। त्यसपछि उनलाई हतारहतार अस्पताल लगिएको थियो।
तर अस्पताल पुग्दा चिकित्सकले इन्दललाई मृत घोषणा गरेका थिए। युवकलाई मृत अवस्थामा अस्पताल ल्याइएको स्थानीय अस्पतालका डा विकास तलवाडेले बताए।
हृदयाघातका कारण युवकको मृत्यु भएको र पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको चिकित्सकले बताएका छन्।
खेलका क्रममा इन्दलले छाती दुखेको र त्यसपछि रुखमुनि बसेको प्रत्यक्षदर्शीले बताएका छन्।
गाउँको टोलीको खेल सकिएपछि इन्दलले आफ्ना साथी खेलाडीहरूलाई नजिकको अस्पताल लैजान आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया