तीन ओलम्पिक खेलमा युगान्डाको प्रतिनिधित्व गर्ने धावक बेन्जामिन किप्लागेट केन्यामा मृत फेला परेका छन्।
उनी छुरा प्रहार गरिएको अवस्थामा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको शव केन्याको एल्डोरेट सहरनजिकै एउटा कारमा भेटिएको थियो। यो स्थान धावकहरूको शीर्ष प्रशिक्षण केन्द्र हो।
उनको छाती र घाँटीमा चक्कुको घाउ भेटिएको थियो। उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको केन्या प्रहरीले जनाएको छ।
३४ वर्षीय किप्लागेट सन् २०१२ लन्डन ओलम्पिकमा ३००० मिटर स्टिपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए।
210
Shares
प्रतिक्रिया