ad ad

खेल


तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिमविरुद्ध कोशीको बलिङ

तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिमविरुद्ध कोशीको बलिङ

सरोज नेपाल
पुस १६, २०८० सोमबार १२:५५, काठमाडौँ

प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पार्यो। 

सम्झना खड्काले बनाएको २५ रन नै कोशीका लागि सर्वाधिक रह्यो। २४ बलमा ४ चौका प्रहार गरिन्। 

ओपनर बिन्दु रावल १७ रनमा रन आउट भइन्। रेवती धामी ४ रनमा बोल्ड आउट भईन्। कविता धामी १५ रनमा क्याच आउट भइन्। 

रुवि पोडार र अनु कठायत समान ७ रन बनाउँदा आउट भए। लक्ष्मी साउद ७ र सावित्री धामी शुन्य रनमा नटआउट रहे। कप्तान रितु कनौजिया शून्य रनमा रनआउट भइन्। 

कोशीका लागि संगिता राईले दुई विकेट लिइन्। सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे। 

यो खेलको विजेताले उपाधिका लागि बुधबार एपीएफको सामना गर्नेछ। 

एपीएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। सुदुरले भने बागमती प्रदेशलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .