एपीएफ क्रिकेट क्लबकी ज्योति पाण्डेले खेल जीवनबाट संन्यास घोषणा गरेकी छन्।
बुधबार काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि ज्योतिले संन्यास घोषणा गरेकी हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका खेलाडीले ज्योतिलाई गार्ड अफ अनर दिएका थिए।
एपीएफकी विकेट किपर तथा राइट ह्याण्ड ब्याटर ज्योतिले सन् २०१६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनले अन्तिमपटक सन् २०२३ मा वांगीमा मलेसियाविरुद्ध खेलेकी थिइन्।
उनी सन् २०११ देखि एपीएफमा आवद्ध भएकी थिइन्।
विराटनगरकी ज्योति घरबाटै क्रिकेट सिक्दै हुर्किएकी हुन्। उनका बुवा प्रदीपराज पाण्डे क्रिकेटका प्रशिक्षक छन्। उनले राष्ट्रिय टिममा पनि प्रशिक्षण दिएका थिए।
प्रदीपले महिला टिम र यू-१९ टिम सम्हालिसकेका छन्। नेपालमै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले भाग लिँदा प्रदीप सहायक प्रशिक्षक थिए।
तस्बिरहरू : सरोज नेपाल
Shares
प्रतिक्रिया