मधेस प्रदेशकी पूजा महतो प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएकी छन्।
बुधबार सम्पन्न प्रतियोगितामा मधेसकी पूजा उत्कृष्ट बलर घोषित भएकी हुन्।
राउण्ड रोविनका ७ खेलमा मधेशकी पूजाले १२ विकेट लिएकी थिइन्। उत्कृष्ट बलर बनेसँगै उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगितामा पूजाले १२ विकेट लिइन्। सुदूरपश्चिमकी लक्ष्मी साउदले पनि समान १२ विकेट लिइन्।
उता गण्डकी प्रदेशकी सुमन खतिवडा उत्कृष्ट ब्याटर बनेकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले राउण्ड रोविनका खेलका आधारमा उत्कृष्ट ब्याटर घोषणा गरेको हो।
सुमनले राउण्ड रोविनका ७ खेलमा २ सय १२ रन बनाएकी थिइन्। उत्कृष्ट ब्याटर बनेकी उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्।
उदीयमान खेलाडी गण्डकी प्रदेशकै ज्योत्सिका मरासिनी बनिन्। उदियमान उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गर्नेछिन्।
ज्योत्सिकाले प्रतियोगिता ९१ रन बनाएकी थिइन्। उनले कर्णाली प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेकी थिइन्।
Shares
प्रतिक्रिया