राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो।
प्रशिक्षणलाई प्रभावकारी बनाउन पुल्चोकको मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपछि खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीलाई होटलमा राखेर प्रशिक्षण गराइँदै आएको थियो।
राखेपको यो प्रस्तावलाई मन्त्रीपरिषद्ले पास गरे खेलाडीले अब होटलमा बसेर प्रशिक्षण गर्नुपर्ने अवस्था हट्नेछ।
99
Shares
प्रतिक्रिया