नेपाल क्रिकेट संघ (क्यान)ले उत्सव ढुंगानालाई जनरल म्यानेजरमा नियुक्त गरेको छ। क्यानले ढुंगानालाई सोमबार म्यानेजरमा नियुक्त गरिएको जनाएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत उत्सवलाई जनरल म्यानेजरमा नियुक्त गरेको जानकारी दिएको छ।
क्यानले जनरल म्यानेजरका लागि गत मंसिर ७ गते आवेदन माग गरेको थियो।
उक्त पदमा दरखास्त दिन व्यवस्थापन संकायमा मास्टर्स डिग्री गरेको, कम्तीमा ७ वर्ष नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख थियो।
तोकिएको अनुभव भएका इच्छुक व्यक्तिले डिसेम्बर ७ सम्ममा क्यानको इमेलमा दरखास्त पठाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो।
60
Shares
प्रतिक्रिया