खेल


चेल्सीलाई हराउँदै सीटी एफए कपको फाइनलमा

चेल्सीलाई हराउँदै सीटी एफए कपको फाइनलमा

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ७:५३, काठमाडौँ

यसै साता च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको म्यानचेष्टर सीटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको खेलमा चेल्सीमाथि १–० को संर्घषपूर्ण जित निकाल्दै सीटी एफए कपको फाइनलमा पुगेको हो। 

खेलको ८४ औँ मिनेटमा बर्नान्डो सिल्भाको गोलमा सीटीले फाइनलमा स्थान पक्का गरेको हो। खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। 

क्वार्टरफाइनलमा चेल्सीले लेष्टर सीटीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। सीटीले भने न्यु क्यासल युनाइटेडलाई २–० ले हराउँदै चेल्सीसँगको भेट पक्का गरेको थियो। 

सीटीले अब आइतबार राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा म्यानचेष्टर युनाइटेड र कोभेन्ट्री सीटी भिड्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .