बागमती


३३ यात्रु बोकेर गुडिरहेको बसमा एक्कासि आगो लाग्यो

३३ यात्रु बोकेर गुडिरहेको बसमा एक्कासि आगो लाग्यो

आगोले जलेको बस।


सुनिता विष्ट
बैशाख ३०, २०८० शनिबार १२:३९, हेटौँडा

त्रिभुवन राजपथअन्तर्गत धुनिबेँसी नगरपालिका-९ गणेशस्थानमा शनिबार (आज) दिउँसो गुडिरहेका बसमा आगलागी भएको छ।

धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको बस धुनिबेँसी नगरपालिका ९, कानाकोटमा आइपुग्दा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। 

तर बसमा सवार सबै ३३ यात्रु सकुशल रहेको उनले बताए। 

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

आगलागीबाट बसका सिट भने जलेर नष्ट भएका छन्।

आगोले जलेको बस।

धुनिबेँसी नगरपालिकाको दमकल र स्थानीयले आगो निभाएका थिए।

हेर्नुहोस् बस जलेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .