कारोबार


नेपाल आउँदै सामसङ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी

नेपाल आउँदै सामसङ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी

नेपालखबर
चैत ९, २०७९ बिहिबार १३:१३, काठमाडौँ

सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी फोन नेपाल ल्याउने भएको छ। 

विश्वव्यापी रुपमा बिक्री सुरु भइसकेका यी फोनहरु कम्पनीले नेपालमा पनि ल्याउने भएको हो। 

यी फोनमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरु छन्। कम्पनीका अनुसार दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्। 

ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ। ग्यालेक्सी ए५४ फाइभजीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी छ। 

दुवै फोनहरुमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ। यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनका अत्युत्तम पलहरु क्याप्चर गर्न सक्छन्।

दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएका छन्। यसका पानी र धूलो प्रतिरोधक आईपी६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन्। 

कम्पनीका अनुसार ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ। यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .