सुनको भाउ दुई दिनमै १२ सय रुपैयाँले घटेको छ। मंगलबार तोलामा चार सय घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
बुधबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो।
आज चाँदीको भाउ पनि घटेको महासंघले जनाएको छ। तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
36
Shares
प्रतिक्रिया