माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केसीलाई शुक्रबार शपथ गराएका हुन्।
माछापुच्छ्रे बैंकको बिहीबार बसको सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो।
विगत १० वर्षदेखि केसी माछापुच्छ्रे बैंकको डारेक्टर रुपमा आवद्ध थिए।
साथै, उनी यसअघि पनि माछापुच्छ्रे बैंकको अध्यक्ष बनेका थिए। २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए।
अध्यक्षमा नियुक्त हुनुअघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका थिए।
माछापुच्छ्रे बैंकमा केसी ग्रुप र महतो ग्रुप खुख्य सेयर होल्डर हुन्। केसी ग्रुपबाट रोशनले नै बैंकमा प्रतिनिधित्वमा गरिरहेका थिए।
केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित छन। हाइड्रो, कन्स्ट्रक्सन, हाउजिङ, रारा चाउचाउलगायत क्षेत्रमा उनको लगानी छ।
इन्जिनियरिङ सकेपछि केसीले पुनः एमबीए गरेका थिए।
Shares
प्रतिक्रिया