ad ad

कारोबार


हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

नेपालखबर
पुस ३, २०८० मंगलबार ११:०, काठमाडौँ

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ। 

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०।५२६ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउँनेछन्। कम्पनीले पुस २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ।

सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने कम्पनीको तयारी छ। ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पनि पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .