ad ad

कारोबार


पहिलो कारोबार दिन नै २६ अंकले घट्यो नेप्से, ५ अर्बको सेयर खरिदबिक्री

पहिलो कारोबार दिन नै २६ अंकले घट्यो नेप्से, ५ अर्बको सेयर खरिदबिक्री

नेपालखबर
पुस २२, २०८० आइतबार १५:१३, काठमाडौँ

साताको पहिलो दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा रोकिएको हो। 

१.२८ प्रतिशतको गिरावटका बाबजुद बजारमा ५ अर्ब २४ करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ। दिनभरिमा १ करोड ५२ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको हो। 

योसँगै ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको र ६ वटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ। 

जसले कमाए 
आज बजारमा सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कमपनीको सेयर १० प्रतिशतले बढेपछि उनीहरुले प्रतिकित्ता ३८.८० रुपैयाँ कमाएका हुन्। 

यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्तलगायतका सेयरधनीले पनि ९ प्रतिशत आम्दानी गरेका छन्। 

जसले गुमाए 
बजारमा आज लगानीकर्ताले ६.६९ प्रतिशतसम्म नोक्सानी व्यहोर्नुपरेको छ। मानुषी लघुवित्तका सेयरधनीले उक्त दरमा गुमाउँदा नेपाल रिपब्लिक मिडियाकाले ६.४९, शुभम् पावरकाले ६.३३, चिर्ख्वा हाइड्रोका सेयरधनीले ५.६३ प्रतिशत गुमाएका छन्। 

यता सर्वाधिक कारोबारमा भने सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको २८ करोडको सेयर कारोबार भएको हो। दिनभरिमा ९८ हजार ६ सय ३२ पटक कारोबार भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .