सेयरबजारमा आज ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ।
नेप्से ३१.६२ अंकले बढेपछि २१२०.६२ विन्दुमा पुग्दा १ करोड ६६ लाख कित्ता सेयर बिक्री भएको हो।
आज २११ कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटाको घटेको र तीनवटाको उही मूल्यमा कारोबार भएको छ।
आज हिमालयन पावर पार्टनर, कालिका पावर, तेह्रथुम पावर, मध्यभोटेकोशीलगायतको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताले आइतबार ९.५३ प्रतिशतसम्म गुमाएका छन्।
39
Shares
प्रतिक्रिया