नेपालले ६ महिनामा ३ अर्ब ८० करोड रुपैयाँको जुस निर्यात गरेको छ। साउनदेखि पुससम्म ६ देशमा पौने ४ अर्बको जुस निर्यात गरेको हो।
भारतमा मिक्सजुस सबैभन्दा बढी निर्यात भएको छ। भन्सार विभागका अनुसार २ अर्ब ५५ करोडको मिक्सजुस भारतमा पुगेको छ।
त्यसबाहेक फ्रोजन ओरेञ्ज जुस ५८ करोड, ३२ करोडको पाइनापल जुस, २४ करोडको स्याउको जुस निर्यात भएको विभागको तथ्यांकले देखाएको छ।
नेपालबाट जुस निर्यात हुने देशमा भारतसँगै चीन, इटाली, अमेरिका, अष्ट्रेलिया, जर्मनीमा हुने गरेको छ।
54
Shares
प्रतिक्रिया