ad ad

कारोबार


मन्त्रिपरिषद्‌मा पुग्यो एनसेल सेयर बिक्रीबारेको प्रतिवेदन

मन्त्रिपरिषद्‌मा पुग्यो एनसेल सेयर बिक्रीबारेको प्रतिवेदन

फाइल फोटो


नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:५९, काठमाडौँ

एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पुगेको छ। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन मन्त्रिपरिषद्‌मा विचाराधीन रहेको जानकारी गराएकी छिन्।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्ने क्रममा मन्त्री शर्माले यसबारे जानकारी गराएकी हुन्।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसबारे अध्ययन पनि भइरहेको बताइन्।

यसबारे अन्य निर्णय नभइसकेकाले सो प्रतिवेदन अहिले सार्वजनिक गर्न नमिल्ने उनले समितिको बैठकमा बताइन्।

समितिमा केही सांसदहरूले उक्त प्रतिवेदनको माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .