ad ad

ग्लोबल


अन्तर्राष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध जारी गर्‍यो पक्राउ पुर्जी

अन्तर्राष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध जारी गर्‍यो पक्राउ पुर्जी

नेपालखबर
चैत ३, २०७९ शुक्रबार २१:३६,

अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। 

सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ। गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई रुस लगिएको आरोप पनि अदालतले लगाएको छ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ।

अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।

पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतलाई छैन। अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र सो अदालतको क्षेत्राधिकारभित्र पर्छ।

रुसले सो सम्झौतामा हस्ताक्षर गरेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .