भारतीय राजदूतावासले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको हो।
विशेष गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ। त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर प्रसारण लाइनमार्फत् विद्युत थप भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’
🇮🇳🇳🇵विकास साझेदारीले लियो थप गति!
पारस्परिक लाभका लागि भारत–नेपाल ऊर्जा सहकार्य!
✅प्रधानमन्त्री @cmprachanda को गत जुनमा भएको भारत भ्रमणका क्रममा अबको दश वर्षमा भारततर्फको विद्युत निर्यात क्षमतालाई १०,००० मेगावाट पुर्याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै pic.twitter.com/96hwLWcNJc— IndiaInNepal (@IndiaInNepal) September 23, 2023
राजदूतावासले कुर्था–बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बूढानीलकण्ठ धर्मशाला पुनःनिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए।
शनिबार (६ असोज) नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट चीन पुगेका छन्। प्रधानमन्त्री चीन भ्रमणमा रहेकै बेला भारतीय राजदूतावासले उनको भ्रमणका उपलब्धिहरू सार्वजनिक गरेको हो।
🇮🇳🇳🇵India-Nepal #DevelopmentPartnership gathers further momentum!
— IndiaInNepal (@IndiaInNepal) September 23, 2023
✅ Translating commitment made during PM @cmprachanda visit to India (June 2023) to strive for increasing quantum of electricity import to India to 1️⃣0️⃣0️⃣0️⃣0️⃣ MW in the next 1️⃣0️⃣ years. pic.twitter.com/73nTAa2BgI
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड चीनमा आयोजित १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन्। त्यसैगरी हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्ने बताइएको छ।
🇮🇳 - 🇳🇵 cooperation for promotion of our shared cultural heritage
— IndiaInNepal (@IndiaInNepal) September 23, 2023
6️⃣ Post-2015 earthquake reconstruction of Shree Napichandra Mahavihar, Lalitpur (4 September 2023).
7️⃣ Reconstruction of Budhanilkantha Dharamshala at Budhanilkantha Municipality. (5 July 2023) pic.twitter.com/Hq79oyzzIm
Shares
प्रतिक्रिया