ad ad

ग्लोबल


‘लाइभ’ कार्यक्रम भइरहेका बेला जब टीभी स्टुडिओभित्र बन्दुकधारी पसे...

‘लाइभ’ कार्यक्रम भइरहेका बेला जब टीभी स्टुडिओभित्र बन्दुकधारी पसे...

टीभी स्टुडिओभित्र पसेर बन्दुकधारीले धम्की दिँदै कर्मचारीलाई यसरी भुइँमा सुताए।


नेपालखबर
पुस २५, २०८० बुधबार ८:१९, काठमाडौँ

दक्षिण अमेरिकाको उत्तरपश्चिमी देश इक्वेडरमा मंगलबार मुख छोपेका केही बन्दुकधारी लाइभ कार्यक्रम भइरहेका बेला टीभी स्टुडिओभित्र छिरेर कर्मचारीहरूलाई धम्की दिएका छन्।

बन्दुकधारीहरूले ग्वायाकिल सहरको एक च्यानल टीसी टेलिभिजनको प्रत्यक्ष प्रसारणका क्रममा स्टुडिओभित्र प्रवेश गरी कर्मचारीहरूलाई भुइँमा सुताएका हुन्।

त्यसपछि आक्रमणकारी बाहिरिएका थिए। प्रहरीले केहीलाई पक्राउ पनि गरेको बीबीसीले जनाएको छ। 

इक्वेडरका कुख्यात गुण्डा र चोनेरोस गिरोहका प्रमुख एडोल्फो मासियास भिल्लामार वा फिटो जेलबाट बेपत्ता भएपछि सोमबार देशभर ६० दिनका लागि आपत्‌काल लागू गरिएको छ।

तर ग्वायाकिलमा भएको पछिल्लो घटनाको यस गुण्डा बेपत्तासँग कुनै सम्बन्ध छ वा छैन भन्ने अझै स्पष्ट भएको छैन।

मंगलबार टीभी स्टुडिओमा भएको आक्रमणका क्रममा एक बन्दुकधारीले कर्मचारीको टाउकोमा बन्दुक तान्दै मार्ने धम्की दिएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार एउटी महिलाले ‘गोली नहान्नुहोस्, प्लिज गोली नहान्नुहोस्’ भनेको सुनिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .