ad ad

ग्लोबल


भारतीय नौसेनाले घेरेपछि ३५ सामुद्रिक डाकुले गरे आत्मसमर्पण

भारतीय नौसेनाले घेरेपछि ३५ सामुद्रिक डाकुले गरे आत्मसमर्पण

नेपालखबर
चैत ४, २०८० आइतबार १४:२१, काठमाडौँ

भारतीय युद्धपोत आईएनएस कोलकाताले अरब सागरमा सबै ३५ सामुद्रिक डाकुलाई घेरेर आत्मसमर्पण गर्न बाध्य पारेको छ।

भारतीय नौसेनाका प्रवक्ताले ट्विटरमार्फत दिएको जानकारीअनुसार ४० घण्टा लामो अपरेसनपछि अपहरणमा परेको जहाज एमभी रुएनका चालक दलका १७ सदस्यलाई सकुशल उद्धार गरिएको छ।

ट्विटमा भनिएको छ, ‘आईएनएस कोलकाताले भारतको तटबाट करिब १,४०० सामुद्रिक माइल (२,६०० किमि) टाढा डाकुको सामुद्रिक जहाज रुएनलाई रोकेको थियो।’

नौसेनाका प्रवक्ताका अनुसार, जहाजमा खानतलासी गरी अवैध हतियार, गोला बारुद र प्रतिबन्धित सामग्री हटाइएका छन्। 

विज्ञप्तिअनुसार भारतीय नौसेनाले जहाजमा अपरेसन सुरु गर्नुअघि सामुद्रिक डाकुहरूलाई तुरुन्त आत्मसमर्पण गर्न र बन्धकहरूलाई रिहा गर्न भनेको थियो। 

यी सबै सामुद्रिक डाकु सोमालियाका बासिन्दा भएको बताइएको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .