जम्मू-कश्मीरमा पुनः एकजना गोर्खा जवान शहीद भएका छन्। जानकारीका अनुसार शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा शहीद भएका हुन्।
३/५ गोर्खा राइफल्सका जवान सुवास शहीद बनेको खबरले घर-परिवार, आफन्तजन र छिमेकीहरू अवाक बनेका छन्। गाउँमा शोक छाएको छ।
सुवासका पिता पदम बहादुर थापाले यसबारे जानकारी गराएअनुसार शहीद सुवास थापाको पार्थिव शरीर भोलि अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइनेछ।
यद्यपि घर परिवार घटनाबारे विस्तृत रूपमा बताउन सक्ने अवस्था छैनन्। जानकारीका अनुसार शुक्रवार बिहान पाक सेनाले युद्धविरामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा सुवास थापा शहीद बनेका हुन्।
प्रतिक्रिया