उत्तर कोरियाका शासक किम जङ–उनकी छोरी किम जुए उनका ‘सम्भावित उत्तराधिकारी’ भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ।
दक्षिण कोरियाको गुप्तचर निकाय ‘नेसनल इन्टेलिजन्स सर्भिस’ले उत्तर कोरियाली नेता किमका उत्तराधिकारी किम जुए हुने खुलासा गरेको हो।
किम जुए सन् २०२२ को अन्त्यतिर पहिलोपटक सार्वजनिक समारोहमा देखापरेकी थिइन्। त्यसयता उनी चर्चामा छिन्।
नेसनल इन्टेलिजन्स सर्भिसले भनेको छ, ‘पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जुएका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेका सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्।’
‘तर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ उन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुरा छन्।’
किम जुए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको बीबीसीले जनाएको छ।
Shares
प्रतिक्रिया