ad ad

ग्लोबल


ट्रम्पको धम्की: यसपटक पनि म राष्ट्रपतिमा विजयी भइनँ भने अमेरिकामा रक्तपात हुनेछ

ट्रम्पको धम्की: यसपटक पनि म राष्ट्रपतिमा विजयी भइनँ भने अमेरिकामा रक्तपात हुनेछ

नेपालखबर
चैत ५, २०८० सोमबार १२:२८, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते देशमा ‘रक्तपात’ हुनसक्ने चेतावनी दिएका छन्।  

समाचार एजेन्सी रोयटर्सका अनुसार आयातीत कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले अचानक भने, ‘यदि मैले आगामी चुनाव जितिनँ भने पूरै देशमा रक्तपात हुनसक्छ।’

उनले आफू पुनः राष्ट्रपतिमा निर्वाचित नभए अमेरिकामा लोकतन्त्रै समाप्त हुने दाबी पनि गरे। 

ट्रम्पले भने, ‘यदि मैले चुनाव जितिनँ भने मलाई लाग्दैन कि देशमा फेरि चुनाव हुनेछ।’

रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन्।

यसअघि २०२० को राष्ट्रपतीय चुनावमा जो बाइडेनसँग हारेपछि तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए। 

आगामी निर्वाचनमा पनि बाइडेन र ट्रम्पबीच नै प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ।

किनकि दुवै आगामी निर्वाचनमा उम्मेदवार हुन आफ्ना राजनीतिक दलबाट आवश्यक प्रतिनिधिको समर्थन जुटाउन सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .