उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन्। आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन्।
एक छोरीको साथमा बस्ने सुनुवारको मुख्य पेसा कृषि हो। अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताइरहेको वडाध्यक्ष अनन्त हायुले जानकारी दिए।
‘उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो’, वडाध्यक्ष हायुले भने, ‘उहाँ अरुले दिएको खानु हुन्न।’
हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गरेका हुन्।
सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको जानकारी गराए। रासस
प्रतिक्रिया