काठमाडौं उपत्यका कंक्रिटको सहर भइसकेको छ। थोरै जग्गामा पनि कयौँ मुरी अन्न उब्जिने काठमाडौंको मलिलो जग्गा अब खाली भेट्न मुस्किल छ।
घरहरुले भरिँदै जाँदा उपत्यका केही ठाउँ भने अझै पनि खेतीपातीले मनमोहक देखिन्छन्।
खासगरी भक्तपुरका फाँटिला क्षेत्रमा बाक्लो धान खेती देख्न सकिन्छ। अरनिको राजमार्ग हुँदै काभ्रेतर्फ पस्नै लाग्दा भक्तपुरका फाँटहरुमा यतिबेला लहलह धानबाली देख्न सकिन्छ।
घरहरुले छोपिँदै गए पनि भक्तपुरको सूर्यविनायकबाट पूर्व लाग्दै गएपछि देखिएको धानखेतीको हरियालीले जोकोहीलाई मोहित बनाउँछ
हेर्नुस् तस्बिरहरु
21
Shares
प्रतिक्रिया