ad ad

राजनीति


कांग्रेस, एमाले र माओवादीका ४ हजार नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी

कांग्रेस, एमाले र माओवादीका ४ हजार नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८० शनिबार १०:२७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको संकट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको बताए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको दाबी गरे। उनले रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए। 

औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको नेपालको भनाई थियो। 

यही असोज १४ गते काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया, वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित एकीकृत समाजवादीले दाबी गरेको छ। 

पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरेको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता आफ्नो पार्टीमा समाहित भएका पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गर्ने तयारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .