समाज


पहाडको भित्तामा भ्यू-टावर बनाउनु देखासिखी मात्र हो : उपमेयर डंगोल

पहाडको भित्तामा भ्यू-टावर बनाउनु देखासिखी मात्र हो : उपमेयर डंगोल

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १४:५५, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुुनिता डंगोलले स्थानीय तहमा बजेट बनाउँदा देखासिखी बढ्दै गएको बताएकी छिन्। स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा बोल्दै उपमेयर डंगोलले सो कुरा बताएकी हुन्। 

साथै, उनले दक्ष कर्मचारी नहुँदा बजेट र नीति तथा कार्यक्रममा परम्परागत शैली नै दोहोरिने गरेको बताइन्। 

‘देखासिखी बढी देखिएको छ। भ्यू-टावर सम्म ठिक होला, पहाडको भित्तामा गएर भ्यू-टावर बनाउनु भनेको देखासिखी नै हो,’ उनले सम्बोधनको क्रममा भनिन्।

उनले बजेट बनाउनुअघि योजना छनोटलाई पनि ध्यान दिन देशभरका स्थानीय तहलाई आग्रह गरेकी छिन्। 

‘दक्ष कर्मचारी नभएकै कारण बजेट बनाउँदा जटिलता आउने। परम्परागत शैलीको बनाउने पनि देखिएको छ,’ उनले भनिन्।

साथै, उनले न्या सम्पादन गर्दा स्थानीय तह विशेष सतर्क रहनुपर्ने बताइन्। ‘अदालतमा भन्दा स्थानीय तहको न्यायिक समितिमा धरै आशा हुन्छ, जनताको,’ उनले भनिन्, ‘न्याय सम्पादन छिटो गर्नुपर्छ, तर हतारिनु हुँदैन। छिटो हतारिएर न्या सम्पादन गर्यो भने साँचो कुरा र न्यायलाई पुर्न सकिन्छ पनि भनिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .