चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाललाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ।
भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो। त्यसलाई पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै जोड्न सक्यो।
यस खेलमा भारतीय कप्तान रुतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।
भारतीय टोलीले २० ओभरमा ४ विकेट गुमाएर यशस्वी जैसवालको शतकको आधारमा २०२ रन बनाएको थियो।
66
Shares
प्रतिक्रिया