नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।
दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्।
मंगलबार दिउँसाे १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।
210
Shares
प्रतिक्रिया