साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल १–० गोलले पछि परेको हो।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनायो।
नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए।
३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो।
आजको खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ।
141
Shares
प्रतिक्रिया