काठमाडौं रेजर्सले यो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि जावलाखेल युथ क्लबका हिसुव थपलियालाई मार्की खेलाडी घोषणा गरेको छ।
गत सिजन शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलबाट खेलेका हिसुबले क्लबमा गरेको उच्च प्रदर्शनको आधारमा नै मार्की खेलाडी घोषणा गरिएको रिजर्सले जनाएको छ।
लेफ्ट विंग र सेन्टर फरवार्ड पोजिसनमा खेल्ने हिसुबले गत सिजन लिगमा ४ गोल गरेका थिए। यसअघिको पहिलो सिजिनमा काठमाडौंले गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडी बनाएको थियो।
एनएसएलको यो संस्करणका लागि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अन्जन विष्ट, ललितपुरले अनन्त तामाङ, विरगंजले दीप कार्की र इलामले विकेश कुथुलाई मार्की खेलाडी सार्वजनिक गरेका छन्।
Shares
प्रतिक्रिया