राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन्। राजधानीमा शनिबार जारी अक्सनमा एनएसएलका ९ टोलीमध्ये कुनै पनि टिमले लिएनन्।
त्रिभुवन आर्मी क्लबका फरवार्ड रहेका श्रेष्ठ पहिलो संस्करणमा पोखरा थन्डर्समा आबद्ध थिए।
सन् २०१४ बाट राष्ट्रि टोलीमा डेब्यू गरेका श्रेष्ठले राष्ट्रिय टिमका लागि ८ गोल गरेका छन्।
ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख ५० हजार खर्च गर्नुपर्ने हुन्थ्यो।
तर उनलाई कुनैपनि टिमले किन्न चाहनेन्।
276
Shares
प्रतिक्रिया