चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अहिले नेपाल माल्दिभ्ससँग खेलिरहेको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै ओपनर गुमाएको छ।
मालदिभ्सविरुद्ध नेपालले ६.२ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ।
नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए भने कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्ल्यू आउट भए।
क्रिजमा विनोद भण्डारी १२ र सन्दीप जोरा १ रनमा छन्।
ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भए।
111
Shares
प्रतिक्रिया