चीनको हाङजाओमा जारी १९ औँ एसियाली खेलकुद अन्तरगत टी–२० क्रिकेटमा माल्दिभ्सविरुद्ध नेपाल हावी देखिएको छ।
२१३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले मात्रै २० रन जोड्दा ५ विकेट गुमाइसकेको छ। नेपालका लागि अभिनास बोहराले ३ विकेट लिए।
नेपाली बलरसामु निकै संघर्ष गरिरहेका माल्दिभ्सका ब्याटर क्रिजमा टिक्न सकिरहेका छैनन्।
नेपालले पहिलो बलमै सफलता पाएको थियो। तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सका ओपनरलाई सोमपालले गोल्डेन डकआउट गरे।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन बनाएको हो।
८ ओभरकाे खेल सकिँदा माल्दिभ्सले ५ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ।
123
Shares
प्रतिक्रिया