खेलकुद पत्रकार–११ को टोली टी–२० मैत्रीपूर्ण खेलमा आयोजक एपेक्ससँग ७ रनले पराजित भएको छ। जितका लागि ७२ रनको मध्यम लक्ष्य पछ्याएको खेलकुद पत्रकार–११ डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको हो।
खेलकुद पत्रकारको टोलीले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन बनाएको थियो।
खेलकुद पत्रकारको लागि सचिन तिमिल्सिनाले २२ बलमा १ छक्का र १ चौकासहित सर्वाधिक ३२ रन बनाए। अर्का ओपनर भुपेन्द्र जिसीले २४ बलमा १२ रन बनाए।
पहिलो विकेटका लागि ६ ओभरमा सचिन र भुपेन्द्रले ४५ रनको साझेदारी गरेपनि त्यसपछि खेलकुद पत्रकारले लगातार विकेट गुमाएपछि हार्न पुगेको थियो। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपेक्सका लागि हरिसले तीन, गणेशले चार र सन्देशले एक विकेट लिए।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपेक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। उसका लागि निकेशले सर्वाधिक ३२ रन बनाए। सन्देशले १९ र गणेशले १३ रन बनाए।
खेलकुद पत्रकारले ३३ रन अतिरिक्त दिएको थियो।
खेलकुद पत्रकारका लागि कप्तान प्रारम्भ दाहलले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। विराट रायमाझीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।
भुपेन्द्र जिसीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। खेलमा सरोज नेपाल र सचिनले समान एक विकेट लिए।
मुलपानीमा एपेक्स कप क्रिकेट जारी छ।
Shares
प्रतिक्रिया