चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत भारतविरुद्ध टी-२० क्रिकेट प्रतियोगितामा नेपालले १ खेलाडी परिवर्तन गरेको छ।
तीव्र गतिका बलर करण केसीले सुरुवाती ११ मा स्थान बनाउँदा विकेट किपर विनोद भण्डारी बेन्चमा छन्।
आज हुने पहिलो क्वार्टरफाइनल खेलमा झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रिँदै छ। भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गर्दै छन्।
नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुलसन झा, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनास बोहोरा र सन्दीप लामिछाने
भारतिय टोली
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिंटन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह
Shares
प्रतिक्रिया