लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका छन्।
५ रन बनाएका जितेश शर्मालाई सन्दीपले पवेलियनको बाटो देखाएका हुन्।
एक समय विकेटका लागि संर्घष गरिरहेको नेपाली टोली खेलमा फर्किएको छ।
झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरेको भारतले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय ३२ रन बनाएर खेलिरहेको छ।
ओपनर यशस्वी जैसवाल ९३ र शिवम् दुवे २ रनमा नटआउट छन्।
नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका तिलक बमलाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
त्यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।
विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि ऐरीले दसाैँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए।
ओपनरद्वय यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।
Shares
प्रतिक्रिया