चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेटका रूपमा ओपनर आशिफ शेखलाई गुमाएको छ।
भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफलाई १० रनमै गुमाएको हो।
आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल १६ र कुशल मल्ल शून्य रनमा नटआउट छन्।
नेपालले ४ ओभरको सामाप्तिमा १ विकेट गुमाएर ३० रन बनाएर खेलिरहेको छ।
त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो।
132
Shares
प्रतिक्रिया