धनगढीमा आगामी मंसिर २५ देखि स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो।
कक्षा १० सम्मका विद्यार्थीले भाग लिने सो प्रतियोगितामा धनगढीका १६ वटा स्कुलले सहभागिता जनाउने आयोजकले जनाएका छन्।
प्रतियोगितालाई धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ। स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमाल र डिसिएका प्रबन्धक समुयल न्यौपानले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे।
प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ।
यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डीसीएले जनाएको छ।
Shares
प्रतिक्रिया