चीनको हाङझाओमा जारी १९ औं एसियन गेम्समा आफ्नो समूह चरणको दोस्रो खेलमा नेपाली कवड्डी टोली पराजित भएको छ।
मंगलबार साओशन गुआली स्पोर्टस सेन्टरमा भएको खेलमा नेपाली टोली इरानसँग ४३–१९ ले पराजित भएको हो।
समूह बी मा रहेको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो। पहिलो खेलमा बंगलादेशलाई हराउँदै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो।
समूह चरणको अर्को खेलमा इरानले बंगलादेशलाई पराजित गरेको अवस्थामा नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
नेपाल सेमिफाइनलमा पुगे कास्य पदक जित्नेछ।
153
Shares
प्रतिक्रिया