नेपालकी कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन्।
शनिबार भएको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८-४ ले पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन्।
फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन्। सोफ्याले फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन्।
यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन्। उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन्।
योसँगै नेपालले १९ औं एसियाडमा दोस्रो पदक पक्का गरेको हो। यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो।
162
Shares
प्रतिक्रिया