अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले आईसीसी विश्वकप २०२३ मा विजयी सुरुवात गरेको छ।
शनिबार भएको खेलमा १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।
बंगलादेशका लागि नाज्मुल हसन शान्टोले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ८३ बलमा ३ चौका र १ छक्का हाने। मेहेदी हसन मिराज ५७ रनमा आउट भए।
कप्तान सकिब अल हसन १४, ओपनर तान्जिद हसनलाई ५ र लिटन दासले १३ रनथपे।
अफगानिस्तानका आजमतुद्यलाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले समान १ विकेट लिए।
त्यसअघि धर्मशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तान ३७. २ ओभरमा १ सय ५६ रनमा अलआउट भयो।
अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४७ रनबनाए। इब्राहिम जद्रान २२ र रहमात शाह १८ रनमा आउट भए।
हश्मातुल्लाह शाहिदी १८, नाजिबुल्लाह जद्रान ५, मोहम्मद नावी ६, आजमतुल्लाह ओमरजाईले २२, राशिद खानले ९ र मुजिब उर रहमानले १ रन थपे।
बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले समान ३ विकेट लिए। शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एकअ एक विकेट आफ्नो नाममा गरे।
अफगानिस्तानले आफ्नो अर्को खेलमा बुधबार भारतसँग खेल्नेछ। भ बंने गलादेशले मंगलबार धर्मशालामा इंग्ल्यान्डसँग खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया