नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ११ औं स्थानमा रहँदै चीनको हाङ्जाओमा जारी १९ औं एसियन गेम्सको यात्रा सकाएको छ।
शनिबार डिक्विङ स्पोट्रस सेन्टर जिम्नासियमा ११ औं स्थानका लागि भएको स्पर्धामा मंगोलियालाई ३–२ को सेटमा पराजित गर्दै रोमाञ्चक जितका साथ एसियाड यात्रा सकाएको हो।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले त्यसपछिका दोस्रो र तेस्रो सेट २५–१८, २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। तर चौथो सेट १८–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा पुगेको थियो।
पाँचौ तथा निर्णायक सेटमा नेपालले १५–१२ जित निकाल्दै ११ औं स्थान पक्का गरेको हो।
महिला भलिबल टोलीले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको हो।
यसअघि चार खेलमा हार भोगेको नेपालले एसियाडमा पहिलो जित निकालेको हो।
नेपाली टोली भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदै समुह चरण बाटै बाहिरिएको थियो।
नवौं देखि १२औं स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
Shares
प्रतिक्रिया