नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशसँग खेल्दै काभा च्यालेन्ज कपको सुरुआत गर्दैछ। श्रीलंकाको कोलोम्बोमा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
काभा च्यालेन्ज कपमा नेपाल सुखद सुरुआत गर्ने योजनामा छ।
नेपालले दोस्रो खेल २३ गते घरेलु टोली श्रीलंकासँग खेल्नेछ। तेस्रो खेल २४ गते अफगानिस्तानसँग तथा २६ गते साउदीसँग खेल्नेछ। राउण्ड रोविन लिगको अन्तिम खेलमा २७ गते उज्वेकिस्तानसँग खेल्नेछ।
राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि स्पर्धा गर्नेछन्।
फाइनल र तेस्रो स्थान लागि २८ गते हुनेछ। ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गते सम्म चल्नेछ।
30
Shares
प्रतिक्रिया