नेपाली राष्ट्रिय फुटसल टोलीले एएफसी फुटसल एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको छ।
मंगोलियाको बुयाान्ट उखा स्पोर्टस् प्यालेसमा सोमबार भएको खेलमा नेपाल भियतनामसँग ५–० को फराकिलो हार भोगेको हो।
समूह डी मा रहेको नेपालले पहिलो खेलमा शनिबार दक्षिण कोरियासँग ५–१ को हार व्यहोरेको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोली मंगोलियासँग खेल्नेछ।
नेपाल रहेको समुहमा आयोजक मंगोलियासहित दक्षिण कोरिया र भियतनाम छन्।
48
Shares
प्रतिक्रिया